सांसदलाई संसद भवनभित्र घुम्न नपाएको र सुरक्षाकर्मीले ‘स्यालुट’ नगरेको पिर !

लोकपथ
3.7k
Shares

काठमाडौं । जनताको गुनासो लिएर संसद भवन जाने सांसदहरु बेला बेला आफ्नै समस्याहरुको बारेमा सरकारको ध्यानाकर्षण गराउँछन् ।

देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु आ(आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र देशको जल्दोबल्दो समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदै आइरहेका हुन्छन् ।
तर कहिलेकाही सांसदहरुले आफ्नो समस्या सुनाउने क्रममा आफ्ना सुविधा नपुगेको भन्दै संसदमा आवाज उठाएको कारण जनताको आलोचना गर्छन् ।

शुक्रबारको प्रतिनिधिसभाको प्रनितिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद रेनुका गुरुङले सांसदको हैसियतमा संसद भवनभित्रको क्यान्टिन, खानेपानीको समस्या र शौचालय लगायतको समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसको साथसाथै उनले संसद भवनभित्रको जुनसुकै स्थानमा सांसदहरुले घुमफिर गर्न पाउनुपर्ने भन्दै सरकारको धानाकर्षण गराइन् ।
‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ । शौचालय गयो भुइभरी पानी पोखिएको हुन्छ । पिउने पानी ठाउँमा गए कतै गिलास हुँदैन । कतै पानी हुँदैन । कतै तातोपानी हुँदैन । यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन ।’ उनले भनिन् ।

उनी त्यतिमा मात्रै रोकिइनन् उनले माननीय भनेको सबैले मान्ने व्यक्ति भएको भन्दै सुरक्षाकर्मीले अभिनन्दन नगरेको समेत लापरबाही गरेको समेत उनले जिकिर गरिन् ।

‘माननीय भनेको सबैले मान्नैपर्ने व्यक्ति भन्ने बुझिन्छ । सुरक्षाकर्मीहरु कसैले अभिनन्दन गरेको छ, कसैले ग¥या छैन । लापरबाही गरेको छ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?