१८ औँ ‘एशियाड’ : नेपालले तोड्यो ३६ वर्षपछि गोलको खडेरी

जाकार्ता । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत समूह चरणको अन्तिम खेलका दौरान नेपालले गोल गरेको छ । 

समूह चरणको पाकिस्तानविरुद्धको अन्तिम खेलमा नेपालले खेलको १२ औँ मिनेटमा गोल गरेको हो । पाकिस्तानका खेलाडी सहबिज युनिसले आत्मघाती गोल गरेसँगै नेपालले ३६ वर्षको गोलको खडेरीलाई तोडेको हो । तर, नेपाली खेलाडीले भने आफ्नो नाममा लेखाउन सकेका छैनन् । 

सन् १९८२ को ‘एशियाड’को बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । त्यतिबेला नेपालका लागि वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यसपछि एशियाली खेलकुदमा नेपालले खेलेका १७ खेलमा ६८ गोल खाएको थियो छ भने एक मात्र गोल फर्काएको थियो । 

यसअघि भएको समूहको पहिलो खेलमा जापानसँग १-० तथा दोस्रो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?