कामना सम्मिलित माल्दिभ्स पुलिस उपविजेता

लोकपथ
105
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ ।

माल्दिभ्सको मालेमा सम्पन्न फाइनल खेलमा क्लब वाम्कोसँग सोझो सेटमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो । खराब प्रदर्शन गरेका पुलिस २५ २०, २५ १७ र २५ १२ को हार व्यहोर्‍यो ।

क्लब वाम्को २०१९ को च्याम्पियन टोली हो । माल्दिभ्समा भएको प्रतियोगितामा नेपाली दुई खेलाडीले अवसर पाएका थिए । अर्की स्पाइकर उषाले धिवेही सिफाइन्ज क्लबबाट खेलेकी थिईन् । टिम भने समूह चरणबाट माथि उठ्न सकेन ।

घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेलिरहेका दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेलेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?