प्रधानमन्त्रीको ६ महिना : ट्विट गर्दै यसो भने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको आइतबार ६ महिना पुगेको छ । 

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ६ महिना पुगेको अवरसरमा प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत देशको प्राथमिकता र पारस्पारिक सम्मानमा आधारित विदेश सम्बन्ध, सुशासन र विकासको क्षेत्रमा उपलब्धि भएको बताएका छन् । 

मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ, उनले ट्विटमा उल्लेख गरेका छन् ।  

यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । ओली गत फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्, उनले ट्विटर मार्फत लेखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?