रामवीरको प्रस्ताव : ‘संसदीय समिति बनाऔँ, फोहोर व्यवस्थापन म गर्छु’

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफूलाई जिम्मा दिनका लागि आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मानन्धरले आफू मेयरको उम्मेदवार बन्नका लागि टिकट नपाए पनि आफू फोहोर व्यवस्थापनमा लाग्ने बताए । उनले काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएको एक महिना पुगिसक्दा पनि फोहोर व्यवस्थापन नभएको भन्दै संसदीय समिति बनाउनुपर्ने र त्यसको जिम्मा आफूलाई दिन आग्रह गरे ।

‘काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी म पनि थिएँ, तर टिकट पाइनँ । अहिले नयाँ नेतृत्व आएको एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको छ । उनले भनेका छन्, त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान गर्छु ।’

काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद मानन्धनर पूर्व शहरीविकासमन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?