यस्तो छ आजको सुनको बजार मूल्य

लोकपथ
308
Shares

काठमाडौं । आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य आज (शुक्रबार) घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?