सरकारले एजेण्ट खारेज गर्दै जिल्लास्तरमै म्यानपावरको शाखा विस्तार गर्ने

काठमाडौं । सरकारले म्यानपावरलाई जिल्लास्तरमै  शाखा विस्तार गर्न दिने तयारी शुरु गरेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार म्यानपावरका देशभर छरिएर रहेको एजेण्टहरु खारेज गर्दै शाखा विस्तार गर्न दिने गरी तयारी शुरु भइरहेको जनाएको छ । 

नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐन अन्तर्गत एजेण्ड राख्न पाउने कानूनी प्रावधान हटाउने प्रस्ताव गरिएको छ । 

वैदेशिक रोजगारीका ठगी बढ्नुको मुख्य कारण एजेण्ट भएको हुँदा सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागेको मन्त्रालयले जनाए । 

वैदेशिक रोजगार विभागबाट अनुमति लिएरै अहिले दशैभरी १६२ जना एजेण्टहरु छन् ।  काठमाडौं बाहिर विभिन्न ठाउँमा एजेण्टले ३५ वटा म्यानपावर शाख सञ्चालन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?