काठमाडौं । नेपाल टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन्।
सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता गरेकी हुन् ।
नले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन पनि माग गरेकी छन्।
भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ। एकल इजलासको अन्तिम नम्बरमा रिटको पेसी परेको छ।
२०७३ असोजमा उनी तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।
कार्यसम्पादन सन्तोषजनक नभएको आरोप लगाउदै उनलाई मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो।
उनलाई पदबाट बर्खास्त गरेसंगै सरकारले भने नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ।
सर्वोच्चले अन्तरिम आदेश जारी नगरेमा राजभण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया