सूचना नागरिकको पहुँचमा सरल र सहज हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौ ।लोकतन्त्रको मर्म अनुसार  नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई आग्रह गरेका छन्।

राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचना पाउने संवैधानिक अधिकार उपभोग गर्न सम्पूर्ण नागरिकलाई आह्वान समेत गरेका छन्। ओलीले

राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्त्वको सूचना नागरिकको पहुँच सरल र सहज हुनुपर्नेमा जोड दिएका छन् । 

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?