काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले महासंघको सन् २००६ सालदेखि विधान संशोधन नभएकाले अर्को वर्ष विधान संशोधन गर्ने तयारीमा महासंघ रहेको बताए । उनले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत: महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताए । उपाध्यक्ष श्रेष्ठले लामो समयदेखि युवा उद्यमीलाई महासंघमा ल्याउनुपर्छ भनेर लागि परेकाले त्यही अनुसार संधोधन हुने प्रतिबद्धता जनाए ।
युवा उद्यमी संघ ललितपुर शाखाले बिहीबार नै नयाँ नेतृत्व चयन गरेको छ । युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहाने युवाहरुलाई सहयोग गर्ने माध्यम बनाउने बताए । उनले सरकारसँग युवा उद्यमको लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने बताए ।
अध्यक्ष श्रेष्ठले उद्यमीहरुलाई कानुनी प्रक्रियाका बारेमा सरकारसँग मिलेर प्रशिक्षण गराउने काम संघले गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया