प्रधानन्यायाधीशमा अस्वीकृत जोशीको बिदा आज सकिँदै

काठमाडौं । बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको बिदा आजदेखि सकिँदैछ। 

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट दीपकराज जोशीको अस्वीकृत गरेको थियो । समितिबाट अस्वीकृत भएपछि साउन साउन २० गतेदेखि बिदामा छन्। १५ दिनका लागि लिइएको उनको बिदा आइतबार सकिँदैछ। 

जोशीको बिदापछि रोलक्रममा वरिष्ठ रहेका मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियत पेसी तोक्दै आएका छन् । 

प्रधानन्यायाधीश रिक्त भएको लामो समय भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन। 

जोशीको नाम अस्वीकृत भएपछि नाम सिफासिसका लागि बस्ने भनेको संवैधानिक परिषद्सको बैठक प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपचारका लागि विदेश जाने भएपछि स्थगित भएको थियो । 

भावी प्रधानन्यायाधीशको छिनोफानो नभएसम्म उनले राजीनामा नदिने श्रोतको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?