बाह्रबिसे बजार र खुर्सानीबारी जोड्ने पुल बाढीले बगायो

बाह्रबिसे । शुक्रबार राति परेको अविरल वर्षापछि आएको बाढीले अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल क्षतीग्रस्त भएको थियो । तर शनिबार रातिको बाढीले पूर्ण रुपमा बगाएको छ ।

बाढी बजार क्षेत्रमा पानी पसेपछि बजार बगरजस्तो भएको छ ।

शुक्रबार रातिको बाढीले बाह्रबिसे नजिकै रहेको साँधीखोला माथीको पुलको आधा भाग बगाएपछि मोटरसाइकल बाहेकका सवारी साधन चलाउन रोक लगाइएको थियो । तर, शनिबार राति भोटेकोशीको बाढीले पुलको नामोनिशान नै नरहने गरी बगाएको छ ।

राजमार्गका पुल बगाएपछि अब बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक पुरा अवरुध भएको छ । 

शनिबार दिउँसो पुलमुनी रहेको ठूलो ढुङ्गा हटाएर सडक विभागले क्षतिग्रस्त पुल मर्मत सुरु गरेपनि राति आएको पहिरोसहितको बाढीले पुल पूर्णरुपमा बगाएको हो । 

पुल बगाएपछि बैकल्पिक व्यवस्थाको लागि पहल भइरहेको बताइएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?