स्थानीय निर्वाचनमा देशभर कांग्रेसको अवस्था कस्तो रह्यो ? प्रदीप पौडेलले बुझाए प्रतिवेदन (पूर्णपाठ)

लोकपथ
2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका विषयमा देशभर अनुगमन गरी पार्टीलाई प्रतिवेदन बुझाएका छन् ।

नेता पौडेलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएको कांग्रेसले देशभर कस्तो नतिजा प्राप्त गर्यो ?, आम मतदाताको धारणा कस्तो रह्यो लगायका विषयमा स्थलगत अनुगमन गरी त्यसको प्रतिवेदन पार्टी उपसभापति पूर्णबहादुर खड्का मार्फत केन्द्रीय कमिटीमा बुझाएका हुन् ।

उक्त प्रतिवेदनमा निर्वाचनको प्रारम्भदेखि अन्तिम परिणामसम्मको गतिविधि तथा विभिन्न रणनीतिह?का बारेमा आन्तरिक समीक्षा गर्न सहज बनाउनका लागि सबै विषयमा विश्लेषण गरि प्रतिवेदन तयार पारिएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

निर्वाचनको अन्तिम परिणामले नेपाली कांग्रेस देशभर ठूलो र पहिलो दल बनाएको बताउँदै नेपाली कांग्रेसले अन्य दलह?सँग समन्वय गरी राष्ट्रिय समस्या समाधानको पहल लिएको समेत बताएका छन् ।

उक्त प्रतिवेदनमा २०७४ र २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई मूल्यांकन गरी त्यसको परिणामले देखाएको असरलाई विश्लेषण गरिएको छ । प्रतिवेदन अनुसार २०७४ र २०७९ को दुवै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस १४० स्थानमा विजयी भएको छ । त्यस्तै २०७४ सालमा २६६ स्थानीय तहमा जितेको मध्ये भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने १२५ स्थानीय तहमा पराजित भएको छ । भने २०७४ सालमा प्रमुख/अध्यक्ष नजितेका १८९ स्थानीय तहमा भने २०७९ को निर्वाचनमा जित हासिल गरेको छ । त्यसैगरी २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको संख्या २९८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १२२ स्थानमा पुरानै विजेताह?लाई नै दोहोर्याएर टिकट दिएको थियो । जसमध्ये ६१ उम्मेदवार पुनः भएका छन् भने अन्य ६१ उम्मेदवारहरू पराजय व्यहोरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार दार्चुलाका ९ स्थानीय तहमध्ये कुनै स्थानीय तहमा कांग्रेसले जित हासिल गर्न सकेको छैन । भने अन्य ९ वटा जिल्लामा सबैभन्दा कम जित हासिल गरेको छ ।

त्यसो त डोटीमा ९ स्थानीय तहमध्ये ७ वटा, पाँचथरमा ८ मध्ये ६ वटा, बाँकेमा ८ मध्ये ६ वटा, पर्वतमा ७ वटामध्ये ५ वटा स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवाह?ले जित हासिल गरेका छन् ।

त्यसैगरी २०७९ को स्थानीय तहको निर्वाचनमा १०० भन्दा कम मतले १८ जना उम्मेदवारह? विजयी भएका थिए भने अन्य २७ जना निकटतम प्रतिद्वन्दी रहेका छन् । त्यसैगरी १०० भन्दा बढी मत र ५०० भन्दा कम मतले ७७ जना विजयी भएका थिए भने ५० जना निकटतम प्रतिद्धन्दी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

त्यसैगरी स्थानीय निर्वाचनमा समग्र कांग्रेसको अवस्थाबारे जानकारी गराउँदै केही आगामी दिनमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्दै सुझावहरू समेत दिएका छन् ।

उम्मेदवारीको टिकट दिँदा सकेसम्म स्वच्छ, उर्जाशील, घोषणापत्र अनुसार स्थानीयकरण गर्नसक्ने क्षमता भएका, लोकप्रीय निरन्तरता जस्ता विशेषता भएकाहरूलाई उम्मेदवार बनाइनुपर्ने, घोषणापत्र अनुसार निर्वाचन प्रचारका लागि आकर्षित गर्न ‘कांग्रेसलाई नै भोट किन ?’ भन्ने प्रश्नको उत्तर सटिक तरिकाले दिनका लागि नारा र स्लोगन सरल ?पमा जनजिब्रोमा आउनका लागि बुझाउनुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा देखिएको सुधारात्मक नजितालाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अझ वृद्धि गर्नका लागि प्रचारप्रसार शैलीमा आधुनिक प्रविधिको प्रयोग गर्दै पार्टीको पक्षमा माहोल सिर्जना गर्न थप अग्रसर गरिँदै लगिनुपर्ने लगायतका सुझावहरू समेटिएका छन् ।

त्यसैगरी गत निर्वाचनमा गठबन्धनमा आवद्ध दलह?ले अन्तिम परिणामबारे दिएको प्रतिक्रियाको कारण असन्तुष्टि पैदा भएको बताइएको छ । त्यसो त आगामी निर्वाचनहरूमा सम्मुन्नत राष्ट्रको निर्माणका लागि वैचारिक प्रतिष्पर्धा अंगाल्दै रणनीतिक रूपमा साझा संकल्पसहित उदेश्य प्राप्तिका लागि अघि बढ्नका लागि सुझाव समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?