सूर्यालाई कमल हासनले दिए ४७ लाखको रोलेक्स घडी

लोकपथ
623
Shares

काठमाडौं । दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन् ।

कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार दिएका हुन् ।

फिल्मले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ । फिल्ममा सूर्याको १० मिनेटको केमियो दृश्य छ । जुन दृश्यलाई दर्शकले निकै मनपराएका छन् । फिल्मको निर्देशन लोकेश कनागराजले गरेका छन् ।

सूर्याले ट्वीटरमार्फत कमल हासनप्रति आभार व्यक्त गरेका छन् ।

‘यो विशेष अवसर थियो, धन्यवाद अन्ना तपाईंको रोलेक्सका लागि’, उनले ट्वीट गरेका छन् ।

‘विक्रम’ अभिनेता कमलको हालसम्मकै सबैभन्दा ठूलो फिल्म साबित भएको छ । कमलले निर्देशक लोकेशलाई कार नै उपहारका रुपमा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?