१६ मङ्सिर २०८०, शनिवार

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश

२०७४,आश्विन,२९,आईतवार ०७:५३

9
Shares

काठमाडौँ, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव संसद विघटन भएको भोलिपल्टै नेकपा एमालेमा प्रवेश गरेका छन । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन। कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा विविध कारणले २ नम्बर प्रदेशमा एमाले दोस्रो पार्टी भएको उल्लेख गर्दै अबको चुनावमा पहिलो पार्टी नै हुने दाबी गरे । उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलोमात्रै होइन, अत्यधिक बहुमतसहितको ठूलो पार्टी हुने दाबी गरे । राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएका यादव ०७२ असोज २९ गते उपसभामुख चयन हुनुभएको थियो । उनले पछिल्लो समय राष्ट्रियताका सवालमा एमालेले लिएको अडानबाट आफु प्रभावित भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । शनीबार कांग्रेस लुम्बिनी

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले मध्यावधि निर्वाचनको कुरा उठ्नुमा वर्तमान राजनीतिक सकस एउटा कारण रहेको बताएका छन्। त्यो सकसको

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । आज बेल्को होम अप्लायन्सेसको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् ।

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३