काठमाडौं । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा काँग्रेसको मात्र उम्मेदवारी परेको थियो ।
जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएका छन्। जिसस सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया