राजपाको दोहोरो चरित्र

प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र बिक्की यादवले सम्बोधन बहिष्कार गरेका थिए । उनीहरूले बहिष्कार गर्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र महतोलाई सभामुख कार्यकक्षमा बोलाएर छलफल गरेका थिए । तर, संविधान संशोधन नभएको र राजपाका नेताहरूमाथि लागेको राजनीतिक मुद्दा फिर्ता नभएको अवस्थामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य नभएको उनीहरूले जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?