उपत्यकामा यस्ताे मोटरसाइकल गुडाउन प्रतिबन्ध लाग्यो

काठमाडौं–प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ ।  अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुगेको निश्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्राण्डका कुनैपनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले राजधानीको सडक डुकाटी मोटरसाइकलको गति धानन सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेको कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे । आजको कारोबार दैनिकले खबर छापेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?