११ असार २०७९, शनिवार

मोटोपनको शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च : अध्ययन

२०७९,जेष्ठ,२६,बिहीवार ११:३४

144
Shares

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो ।

विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपना भएका ३ हजार ७७६ वयस्कहरूको अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार तौल घटाउने शल्यक्रिया गरेका व्यक्तिमाभन्दा शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम दोब्बर र क्यान्सरबाट मृत्युको सम्भावना तीन गुणा बढी पाइएको थियो ।

विशेष गरी तौल घटाउने शल्यक्रिया गरेका मानिसमा स्तन क्यान्सर, मृगौलाको क्यान्सर, थाइरोइड क्यान्सर, स्त्री रोगको क्यान्सर, फोक्सोको क्यान्सर र मस्तिष्कको क्यान्सरको जोखिम कम देखिएको थियो ।

‘तौल घटाउने शल्यक्रियामार्फत क्यान्सर जोखिम घटाउने फाइदालाई बेवास्ता गर्न सकिँदैन’, अध्ययनका सह–लेखक तथा गुन्डरसेन लुथरन स्वास्थ्य प्रणालीका चिकित्सक डा. जेरेड आर मिलरले भने ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२६,बिहीवार ११:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

काठमाडौं । व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर,

काठमाडौं । गर्मीमा उखुको जुसको सेवनले तपाईलाई स्फूर्तिमा मात्र नभई स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्‍याउँछ। तपाईलाई छिट्टै उर्जा दिनुका

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६