डिशहोममा १ वर्षको रिचार्ज गर्दा ईलामकी राईले जितिन् एक लाख पुरस्कार

लोकपथ
63
Shares

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना (२ वर्ष) डिशहोम हेर्न पाईने भएको छ ।

यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यसै क्रममा फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद एक लाख जितेकी छिन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थि इन् ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता राईलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?