११ चैत्र २०७९, शनिवार

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश

२०७४,आश्विन,२९,आईतवार ०७:५३

9
Shares

काठमाडौँ, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव संसद विघटन भएको भोलिपल्टै नेकपा एमालेमा प्रवेश गरेका छन । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन। कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा विविध कारणले २ नम्बर प्रदेशमा एमाले दोस्रो पार्टी भएको उल्लेख गर्दै अबको चुनावमा पहिलो पार्टी नै हुने दाबी गरे । उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलोमात्रै होइन, अत्यधिक बहुमतसहितको ठूलो पार्टी हुने दाबी गरे । राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएका यादव ०७२ असोज २९ गते उपसभामुख चयन हुनुभएको थियो । उनले पछिल्लो समय राष्ट्रियताका सवालमा एमालेले लिएको अडानबाट आफु प्रभावित भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११