‘मिस धरान २०२२’ काे लागि खुल्याे आवेदन

लोकपथ
78
Shares

धरान । धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ।

कम्तीमा एसईई उतिर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो वर्षदेखि धरानमा आयोजना हुनेछ।

आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ भने अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ । आवेदन नि:शुल्क गरिएको छ।

मिस धरानको अफिसियल फेसबुक पेजमा रहेको अनलाइन फर्म अथवा मोबाइलको म्यासेज बक्समा गई ःम् ?स्पेस श्र सहभागीको नाम, उचाई, उमेर ,ठेगाना र शिक्षा टाइप गरि ३३००१ मा पठाउनु पर्नेछ ।

अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा असार दोस्रो साता मिस धरान २०२२को अडिसन सुरु हुनेछ । मिस धरान २०२२ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल विजेता प्रोजिता लामाले गर्नेछिन्।

अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बीस दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

मिस धरान २०२२ विजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न सब-टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?