रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिने निर्णय

काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिने निर्णय भएको छ । 

पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ सुशील ज्ञवालीले रानीपोखरी निर्माणको जिम्मा सेनालाई नदिने बताएका हुन् । 

‘पूर्वाधार निर्माणको काममा सेनालाई संलग्न गराउनु उपयुक्त हुँदैन’ ज्ञवालीले भने, ‘मैले मेयर विद्या सुन्दर शाक्यसँग कुरा गरेको छु । काठमाडौं महानगरपालिका आफैं रानीपोखरी निर्माण गर्न तयार भएको छ ।’

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, रानीपोखरी निर्माणमा पटकपटक विवाद उत्पन्न हुन थालेपछि महानगरले निर्माणको जिम्मा सेनालाई जिम्मा दिने प्रस्ताव गरेको थियो । 

पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुनर्निर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन समेत निर्देशन दिएको छ ।

अहिले रानीपोखरीमा हालिएको कंक्रिट हटाउने काम भइरहेको र यो सकिएलगत्तै जमिनको तल्लो भागमा क्ले माटो राखेर पुरानै स्वरुपमा रानीपोखरी निर्माण हुने उनले बताए । 

बाहिरी पर्खाल पनि पुरानो हटाइनेछ र इँटा, सुर्ती–चुना लगायतका प्रविधि प्रयोग गरेर पुरानै स्वरुपमा बनाइने ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?