१३ चैत्र २०७९, सोमवार

सोमालियामा बम आक्रमण, कम्तिमा ३० जनाको मृत्यु

२०७४,आश्विन,२९,आईतवार ०७:३६

9
Shares

सोमालिया, २९ असोज। सोमालियाको राजधानी मोगादिशुमा भएको बम आक्रमणमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुको व्यस्त क्षेत्रमा रहेको एक होटलको प्रवेशद्वार नजिक विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा दर्जनौं मानिस घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । आक्रमण स्थानीय आतंकवादी समुहले गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको अनुसन्धान सुरु भएको पनि सोमालियाली प्रहरीले जनाएको छ । मोगादिशुमा यस अघि पनि पटक पटक यस्ता आक्रमण हुने गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार

काठमाडौं । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ

काठमाडौं । जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६