काठमाडौं । रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । विवेकशील साझा पार्टीकी पूर्वनेतृ दर्शनाले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने बताएकी हुन्।
उनले काठमाडौंमा अन्य स्वतन्त्र उम्मेदवारहरूसँग पनि सहकार्य गरिने बताएकी छिन् ।
विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया