विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताएका हुन् ।
त्यस्तै उनले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् ।
उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।
महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए ।
जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया