रिलायबल नेपाल लाइफको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

लोकपथ
91
Shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ ।

बुधवार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, सभाले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनी आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डले स्वीकृती दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको आधारमा हकप्रद सेयर निष्काशन गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?