काठमाडौं । नेपाल विद्यार्थी संघको निर्वाचित कार्यसमितिको म्याद तीन महिना थपिने भएको छ । आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी नेविसंघका नेतृत्वबीच भएसँगै पार्टीले निर्णय गर्न लागेको हो ।
यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको म्याद थप्न सहमत भएको बताइएको छ ।
निर्देशक समितिका सदस्य प्रदीप पौडेलले नेविसंघका प्रमुख नेतृत्वले सहमतिमै तीन महिनाभित्र महाधिवेशन गर्न सकिने कार्ययोजना ल्याएपछि संगठनको म्याद तीन महिना थपिन लागिएको जानकारी दिए ।
यसअघि निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । सोहि अनुसार नेविसंघको संस्थापन र असन्तुष्ट समूहले तीन महिनाभित्र महाधिवेशन गर्न सहमति जनाउँदै समितिमा कार्यायोजना पेश गरेका थिए ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले छिट्टै संगठनले संघीय ढाँचाको विधान तयार पारेर पार्टीलाई बुझाएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक हुने अपेक्षा लिइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया