पुँजीबजारमा देखिएको समस्या अध्ययन र समाधानका लागि ४ सदस्यीय सुझाव समिति गठन

लोकपथ
63
Shares

काठमाडौं । पुँजीबजार क्षेत्रमा देखिएको विद्यमान समस्या अध्ययन र समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरिएको छ । नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा देखिएका समस्या समाधानका लागि सुझाव चार सदस्यीय सुझाव समिति गठन गरिएको घोषणा पनि गरेका छन्।

उक्त समितिमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डका पदाधिकारी सदस्य रहनेछन् । सो समितिले दिएका सुझावहरुका आधारमा सम्बन्धीत निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरिएको उनले जानकारी दिए ।

मन्त्री शर्माले पूँजीबजारमा लाखौं व्यक्ति तथा सयौं कम्पनीहरु आबद्ध भएको र उनीहरुको समस्यालाई हेरिरहेकाले अझ व्यवस्थित बनाउने उदेश्यका साथ समस्या अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको बताए । राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच समन्वयात्मक सम्बन्ध र सहकार्य गर्न समेत उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?