काठमाडौं । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा Safe Spaces for youth and transferming Nepal: Youth Leadership and Innovation भन्ने मुल नाराको साथ नेपाल युवा परिषदले आयोजना गरेकोे राष्ट्रिय युवा सम्मेलन २०१८ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागिता रहेको थियो ।
युएन नेपालसंगका मुख्य सहकार्यमा आयोजित सम्मेलनमा कृषि, पर्यटन, सुचना प्रबिधि र युवा उद्यमशिलता बिषयमा बिभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेर सहभागिहरुसंग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । माननिय सहरी बिकास मन्त्री मोहमद इश्तियाक राईको हातबाट उद्घाटन गरिएको उक्त सम्मेलनको अन्तिम दिन प्रदेशस्तरीय कार्ययोजना तयार पारिएको थियो ।
सहभागि युवाहरुले आ–आफ्नो प्रदेशस्तरिय ७÷७ वटा कार्ययोजना तयार पारेका थिए । त्यसमध्ये जुरीहरुले प्रत्येक प्रदेशबाट उत्कृष्ट १÷१ वटा कार्ययोजना छानेका थिए ।
त्यसमध्ये प्रदेश नं १ मा तनाव ब्यवस्थापन सम्बन्धि कार्ययोेजना छनोट भएको थियो ।
उक्त योजनामा युवाहरुमा देखिएको समस्या निवारणको निम्ति २५०० युवाहरुलाई तनाव ब्यबस्थापन तालिम दिने योजना रहेको छ ।
त्यसैगरि प्रदेश नं २ को लागि ४० जना युवाहरुलाई प्रत्यक्ष रुपमा स्वरोजगार तालिम दिने योजना छनोट भएको छ । युवाहरुलाई घरेलु सामग्री उत्पादन गर्न ब्यवसायिक तालिम दिएर उनीहरुको आर्थिक स्रोत बनाउने यस अन्तर्गत पर्दछ ।
यसैगरि प्रदेश नं ३ को लागि फोहोरमैला ब्यबस्थापन गरि उद्यमशिलताको ब्यबस्था गर्ने योजना छनोट भएको छ । जस अन्तर्गत फोहोरमैलालाई पुनः प्रयोग गरि त्यसबाट उद्यमशिलताको बिकास गर्ने योजना परेको छ ।
प्रदेश नं. ४ गण्डकीको लागि ११० किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम दिने कार्ययोजना छनोट भएका छ । यस अन्तर्गत उक्त तालिम लिन अघि र तालिम लिएपछि उनीहरुको सोचाईमा आउने परिवर्तन बारेमा डाटा संकलन गर्ने कार्य समेत समावेश गरेको छ ।
प्रदेश नं. ५ मा उद्यमशिलता तथा प्राबिधिक शिक्षा कार्यक्रम छनौट भएको छ । जसले गरिबी निवारण, आत्मनिर्भरता र उद्यमशिलताको प्रवद्र्धन पर्दछ ।
यसैगरि प्रदेश नं ६ कर्णालीको लागि त्यहाँको स्थानिय खाद्यान्नको प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत उक्त प्रदेशको ५० युवालाई त्यहाँको स्थानिय खाना बनाउने तालिम दिने र त्यसलाई ब्यबसायिक रुपमा प्रवद्र्धन गर्ने योजना रहेको छ ।
प्रदेश नं ७ को लागि पर्यटन क्षेत्रको प्रवद्र्धनमा गर्नको लागि त्यस्ता स्थानको पहिचान गरि सामाजिक संजालमा राख्ने तथा यससंग सम्बन्धित वेबसाइट बनाउन युवालाई तालिम दिने योजना समावेश गरिएको छ । छनोट समितिमा स्नेहा राज भण्डारी, राजन कोइराला र हेमपाल श्रेष्ठ रहेका थिए ।
प्रत्येक कार्ययोजनालाई ७५००० रुपैया प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया