धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मधेश अधिकार संघर्ष समिति (मास) का संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र सन्देश मिश्र रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले जनकपुरको मुरलीचोक र श्याम चोकबाट पक्राउ गरेका हुन् ।
मधेशको माग सम्बोधन नगरेको र मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए ।
जनकपुर विमानस्थलबाट प्रदेश २ प्रदेशसभा आउने क्रममा प्रधानमन्त्रीलाई प्लेकार्ड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया