अछाम घटनाको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन् ।

सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका थिए । जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले उनको लास कुहिएको अवस्था रहेको बताए । ‘दर्ता गर्नुस् भनेर भन्नुभएको थियो किन दर्ता भएन ?’ उनले भने ।

त्यसपछि सभामुख सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका हुन् । ‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकाको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?