पहिरोमा परी एक जनाको मृत्यु

 बाजुरा । पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । 

लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?