कीर्तिपुरमा बाधभैरव जात्रा शुरु

काठमाडौं । कीर्तिपुरमा बाधभैरव जात्रा शुरु भएको छ । कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह संक्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ ।

प्राचीन कालदेखि नै भदौ संक्रान्तिलाई सिंह संक्रान्तिको रुपमा मनाउने प्रचलन छ । र यही दिनदेखि बाघभैरव नाचसमेत सुरु हुन्छ ।

कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको उत्साह जनक सहभागिता रहने गर्दछ ।

जात्रा अवधिभर कीर्तिपुर दरबार स्क्वायरस्थित सतः क्वय, पांगा र ललितपुरको पाटन दरबार स्क्वायरमा १५ पटकसम्म नाच प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यदि कसैले नाचका लागि निमन्त्रणा दिन आएमा त्यही स्थानमा पुगी नृत्य प्रदर्शन गर्नुपर्ने परम्परा रहिआएको छ ।

विशेष गरी तान्त्रिक र वैदिक दुवै विधिबाट नचाइने नाच हेर्न शुक्रबार साँझ कीर्तिपुरबासीको घुइँचो लागेको थियो । नाच ‘चाखस्’ भनी राति र ‘न्हिखस्’ भनी दिउँसो गरी दुई चरणमा नचाउने चलन छ ।

शुक्रबार पहिलो चरणको चान कीर्तिपुर दरबार क्षेत्र सतः क्वयस्थित द्यः छेँ (देवता घर)मा देखाइएको थियो । र त्यसपछि ११ देवगण, ५ गरु, ४ नाइने र २ थकालीको टोली नगाउँ प्रथान गर्छ 
यसका लागि देवता घरमा सिद्धिपूजा गर्ने प्रचलन छ । नगाउँमा उनीहरूलाई बालकुमारी दे गुठी, माली, धर्म र उपकार गुठीले स्वागत गर्ने मान्यता छ । चारै गुठीको पहलमा श्वेत भैरवको पनि नृत्य प्रदर्शन गरेपछि मात्रै श्वेत भैरवको नृत्य सतस्क्यामा मात्र प्रर्दशन गर्ने प्रचलन छ ।

माली गुठीद्वारा सञ्चालित नाच मल्ल राजा श्रीनिवास मल्लको पालादेखि चल्दै आएको बताइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?