काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् ।
केहिबेरअघि ओली जनकपुर विमानस्थलमा पुगेका थिए ।
ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित भएका थिए ।
तर, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतमा पुगेका थिए ।
ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया