युइएफएमा इटालीको पहिलो जित

लोकपथ
91
Shares

काठमाडौं । हंगेरीलाई २-१ ले निराश पार्दै युरो कप च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ ।

मंगलबार लिग ए ग्रुप ३ को खेलमा इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेगेग्रिनीले १-१ गोल गरे । इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए ।

३०औँ मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लिएको थियो । ४५औँ मिनेटमा लोरेन्जोको गोलमा इटालीले अग्रता दोब्बर पार्यो ।

६१औँ मिनेटमा इटालीका मान्चिनीको आत्मघाती गोलमा हंगेरीले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

सन् २००७ पछि हंगेरी र इटाली आमने सामने भएको यो पहिलो पटक हो । लगातार दोस्रो पटक विश्वकप टिकट काट्न असफल इटालीको पछिल्लो सात खेलमा यो दोस्रो जित हो ।

जितसँगै इटाली २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ । हंगेरी ३ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?