नेपाल र हङकङबीचको दोस्रो खेल रोकियो

काठमाडौँ, २९ असोज । टाइफुन–८ नामक समुद्री आँधीको चेतावनी मौसमविद्हरुले दिएपछि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले सामुद्रिक आँधी आउने बताएपनि हङकङ क्रिकेटले बोर्डले खोल रोकेको हो । नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर, हङकङका अधिकारीले सामुन्द्रिक आधीको सम्भावना रहेको भन्दै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन भनेको छ । रोकिएको खेल सोमबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?