प्रधानमन्त्री प्रदेश २ को प्रदेशसभा बैठक सम्बोधन गर्दै

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । 

शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ ।

७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विभिन्न प्रदेशमा सम्बोधन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?