काठमाडौंको कार्यपालिकामा कांग्रेसले बहुमत पाउँदा माओवादीकाे पनि इन्ट्री

लोकपथ
5.1k
Shares

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएका हुन् ।

योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । अब  काठमाडौं महानगरको कार्यपालिकामा नेपाली कांग्रेसबाट २५ जना एमालेबाट उपमेयरसहित १३ जना प्रतिनिधित्व गर्ने छन् ।

त्यस्तै एकीकृत समाजवादीका २ र माओवादीका १ जनाले पनि कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

आज भएकाे कार्यपालिका सदस्य निर्वाचनमा मेयर बालेन साह , उपमेयर सुनिता डंगोलसहित १६० जना सदस्यले मतदान गरेका थिए ।

निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?