१ पूर्ववर्ती मागहरु सम्बोधन नभएको भन्दै सिसडोलबासी पुनः आन्दोलित, फोहोरका गाडीहरु रोकिएपछि प्रहरीद्वारा स्थानीयमाथि धरपकड, प्रहरी परिचालन गरेरै बञ्चरेडाँडा पुर्याइयो फोहोर ।
२ नबिना थारुको मृत्युबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो ५ सदस्यीय छानबिन समिति, गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने गृहमन्त्री बालकृष्ण खाणको दाबी।
३ घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ, कारबाहीको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने प्रतिक्रिया।
४ इम्बोस्ड नम्बर प्लेट लाद्ने काम सरकारको गैरजिम्मेवारी भएको भीम रावलको आरोप, संसारका विभिन्न देशले कालो सूची राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्न ठेक्का दिनु शंकास्पद रहेको भनाइ।
५ चोतर्फी विरोधपछि इम्बोस्ड नम्बरप्लेटमा ताकेता गर्ने निर्णयबाट पछि हट्यो यातायात व्यवस्था विभाग, साउन १ गते बाट सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागको आशय नरहेको स्पष्ट।
६ अछाम घटना अक्षम्य भएकाले दोषीलाई उम्किन दिनु नहुनेमा गगन थापाको जोड, दोषीलाई कारबाही गर्न माग।
७ ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले गरे सरकारप्रति कटाक्ष, विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएको प्रति रुष्ट।
८ पर्यटन मन्त्री आलेसँग मन्त्रालय चलाउने कुनै ज्ञान नभएको भानुभक्त ढकालको आरोप, पर्यटन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राख्न प्रस्ताव।
९ लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र, संविधान संशोधन गर्न माग।
१० नयाँ भूउपयोग नियमावली कार्यान्वयनमा, अब ४ आनाभन्दा कम हुनेगरी जग्गा टुक्राउन नपाइने।
११ बजेट भाषणपछि निरन्तर ओरालो यात्रामा सेयर बजार, ४५ दशमलव ५९ अंकले घटेर २ हजार २० बिन्दुमा आइपुग्यो नेप्से, लगानीकर्ता मनोबल झनै खस्किंदै।
१२ आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत, विश्वासको मत प्राप्तसँगै जोनसन अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित।
१३ डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको कार्यकक्षमै गोली हानी हत्या, आक्रमणकारीलाई जेल चलान।
१४ थाइल्याण्डसँग पराजितभएसँगै नेपालको यू९१९ महिला टी९ट्वान्टी विश्वकप खेल्ने सपना अधुरै, अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने।
१५ चीनमा आयोजना हुने १९ औं संस्करणको एसियन गेम्सका लागि खेलाडिहरुको बन्द प्रशिक्षण सुरु, ५ सय १४ खेलाडी सहभागी।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया