राप्रपाले तोक्यो ५ विभाग प्रमुख, नेपालगञ्जका पूर्व मेयर राणा काे भागमा संगठन विभाग

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न ५ विभाग प्रमुख तोकेको छ ।

पार्टी विधानअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई राजनीतिक विभाग प्रमुख तेकाेका छन् भने उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी तोकिएकाे छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।

डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका छन् भने महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरिएकाे प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?