एसियाडमा यी ५ खेलबाट नेपाललाई पदकको आस, यी हुन् थपिएका खेल

काठमाडौं–एसियन खेलकुद प्रतियोगिता (एसियाड)को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा आजबाट सुरु हुँदै छ ।  नेपालका १४५ खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्ने आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
आयोजक राष्ट्र र एसियन ओलम्पिक काउन्सिलले १८औँ एसियाडमा धेरै नयाँ खेल समावेश गरेका छन् । धेरै खेल र इभेन्ट समावेश गर्दा एसियाडको रोमाञ्चकता बढ्ने विश्वासले यसपटक बास्केटबलअन्तर्गत ३ बाई ३ समावेश भयो । सन् २०१० पछि क्यानोइङ पनि जर्काता एसियाडमा देख्न पाइनेछ । उसु, कुरास, साम्बो, प्याराग्लाइडिङ, स्केटबोडिङ र पेनकाक सिलेत खेल पहिलोपटक एसियाडमा देखिनेछन् ।

पत्रिकाका अनुसार नेपालले तेक्वान्दो, कराते, जुडो, बक्सिङ र प्याराग्लाइडिङबाट नेपालले पदक जित्ने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?