फोहोर व्यवस्थापन समस्याको दीर्घकालिन समाधानका लागि नेता केसीले दिए ११ सुझाव

लोकपथ
9.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि देखिएका समस्याहरुको दीर्घकालिन समाधानका लागि विभिन्न सुझावहरु दिएका छन् ।

हप्तौँदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेपछि पूर्वमन्त्री समेत रहेका नेता केसीले सम्बन्धित पक्षलाई विभिन्न ११ सुझावहरु दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता केसीले फोहोर व्यवस्थापनका लागि काठमाडौंबाट समाधान खोजिनु नहुनेमा जोड दिँदै सुरुमा जनताले उठाएका मागहरु सम्बोधन गरेर फोहोर व्यवस्थापनको सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता केसीले आजसम्म भएका सबै सम्झौताहरु अक्षरशः पालना गर्नुपर्ने, स्थानीय विकास पूर्वाधारका लागि ६० गाउँमा विशेष लगानी, पहल र कार्यान्वयन हुनुपर्ने, स्थानीय शिक्षण संस्थाहरुको स्तरउन्ती र सुव्यवस्थापन गरिनुपर्नेदेखि फोहोरमैलाबाट उत्पन्न लेदो कोल्पुखोलामा मिसिनुभन्दा पहिले प्रशोधन गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।

यस्ता छन् नेता केसीका मागहरु : 

१. आजसम्म भए गरिएका सम्पूर्ण सम्झौताको अक्षरशः कार्यान्वयन प्रक्रिया सुरु हुनुपर्छ

२. स्थानीय विकास र पूर्वाधार निर्माणमा त्यसक्षेत्रका ६० गाउँहरूमा विशेष लगानी,पहल र कार्यान्वयन हुनुपर्छ

३. स्थानीय शिक्षणसंस्थाहरूको स्तर उन्नति र सुब्यवस्थापन गर्नुपर्छ

४. एम्बुलेन्स सहितको आधुनिक उपकरणयुक्त त्यहाँका स्वास्थ्यसंस्थालाई उपलब्ध गराई स्वास्थ्य सेवा व्यवस्थित र सुचारु गराउनुपर्छ

५. त्यहाँका सबै सामाजिक संस्था र क्लबहरूलाई स्वास्थ्य सचेतनाको अभियन्ता र सेवालायक बनाउनुपर्छ

६. तीनपिप्ले, ओखरपौवा, चाउथे, कुमरी हुँदै गल्छी सडक विस्तार तथा कालोपत्रे हुनुपर्छ, यो राजधानी र गल्छी जोड्ने वैकल्पिक मार्ग पनि भएकोले विशेष प्राथमिकतामा राख्नका लागि म त्यसै क्षेत्रको को प्रतिनिधि रहँदा पनि मैले निरन्तर प्रयास गरेको हुँ।

७. विद्युतीकरण गर्न बाँकी रहेका गाउँलाई तुरून्त विद्युतीकरण गरिनुपर्छ

८. उक्त प्रदूषित र संवेदनशील क्षेत्रका जनताको स्वास्थ्यप्रति सरकारले स्वास्थ्यबिमा लगायत अन्य सजगताका साथ उचित जिम्मेवारी बहन गर्नु अनिवार्य छ

९. स्थानीय बञ्चरेडाँडामा आजसम्म भएका सम्झौता अनुरुप कुनै आधारभूत काम नभएकोमा त्यसलाई कार्यान्वयन सुरु गर्नुपर्छ

१०. फोहोरमैला फालेको स्थानबाट उपभोग्य, मल, ग्यास उत्पादन हुनेभएकोले सानै स्केलमा भएपनि त्यसको उत्पादन, प्रशोधन तथा वितरणको व्यवस्था मिलाउने लगायतका कुराहरू आवश्यक छ

११. फोहोरमैलाबाट उत्पन्न लेदो कोल्पुखोलामा मिसिनुभन्दा पहिले प्रशोधन हुनुपर्छ ।

https://www.facebook.com/arjunnkc123/posts/10220636701884011

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?