भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात

काठमाडौं–भारतबाट अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५८ करोड युनिट विद्युत आयात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत वर्ष प्राधिकरणको प्रशारण प्रणालीमा अबद्ध भएको कूल ऊर्जामध्ये यो ३६ प्रतिशत हो ।
आर्थिक वर्ष २०७४–७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैंले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।

भारतबाट आयातित विद्युतको औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत् हिउँदमा आयात हुन्छ । भारतबाट आयात हुने विद्युतको खरिददर हिउँदमा नेपाली ऊर्जा उत्पादकसँग खरिद गर्ने विद्युतभन्दा सस्तो हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले हिउँदमा नेपाली ऊर्जा उत्पादनकसँग प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गर्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?