नबिना थारुको मृत्युबारे छानबिन गर्न गृहले बनायो ५ सदस्यीय समिति

लोकपथ
84
Shares

काठमाडौं । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ मा सोमबार नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?