बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग

लोकपथ
714
Shares

काठमाडौं । सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् ।

उनले प्रहरीले चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाएर नवीना थारुको हत्या गरिएको भन्दै उनले यो घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?