प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
182
Shares

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार एक सय ६ रहेको चाँदीको मूल्य आज बढेर १ हजार दुई सय ७५ रुपैया पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?