बैतडी । जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनबाट कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका हुन् । उपप्रमुखमा गठबन्धनबाटै माओवादी केन्द्रका दमन कुँवर वियजी भए ।
प्रमुखमा धामीले १२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रका कुँवरले १० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका हेमा भट्टले आठ मत प्राप्त गरिन् । उपप्रमुखमा दुई मत बदर भयो ।
जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो । एमाले भने एक्लै चुनाव लडेको हो ।
समन्वय समितिका सदस्यहरूमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् ।
यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसकी यशोदा चन्द, हरु नेपाली र माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् । एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भए । नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई मंगलबार बिहान ११ बजे पद तथा गोपनीयता शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया