सर्वोच्च अदालतले रिहाइको आदेश दिएको केहि मिनेटमा नै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।
न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रिहा गर्न आदेश दिएकोमा उनलाई
महानगरीय प्रहरी परिसरले सर्वोच्च अदालत बाहिरबाट फेरि पक्राउ गरेको हो ।
नेता विकलाई काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।
यसअघि व्यापारीसँग ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेपछि अनुसन्धानको लागि उनलाई हेटौंडाबाट काठमाडौं आउने क्रममा गत साउन २३ मा पक्राउ गरिएको थियो ।
न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएकोमा उनलाई महानगरीय प्रहरी परिसरले सर्वोच्च अदालत बाहिरबाट फेरि पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया