१३ चैत्र २०७९, सोमवार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजयी यात्रा टुंगियो

२०७४,आश्विन,२९,आईतवार ०७:२४

0
Shares

बार्सिलोना , २९ असोज। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजयी यात्रा टुंगिएको छ । यो सिजनका सुरुका सात खेलमा जित निकालेको लिग लिडर क्याटलान क्लब बार्सिलोना शनिबार राति भएको खेलमा भने एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा २१ औं मिनेटमा साउल निगुएजको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वारेजले ८२ औं मिनेटमा बराबरी गोल फर्काएर हारबाट जोगाए । स्वारेजले यो सिजन ला लिगामा तीन गोल गरेका छन् । लियोनल मेस्सीले दोस्रो हाफको सुरुमा फ्रि–किक मार्फत प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । क्याटलान क्लब बार्सिलोनाको अक्टोबर १ मा क्याटालोनियामा भएको विवादास्पद जनमतसंग्रह पछि पहिलो राजधानी भ्रमण हो । स्पेनको राजधानी मड्रिडस्थित एथ्लेटिकोको मैदानमा खेल जारी रहँदा अधिकांश दर्शकले स्पेनको झण्डा देखाएर राष्ट्रिय एकताको आह्वान गरेका थिए । स्पेनमा क्याटालोनियाको स्वतन्त्रता सम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला फुटबल मार्फत् एकताकालागि स्पेनीहरुले राजनीतिक नेतृत्वलाई आग्रह गरेका हुन् । उनीहरुले हामी ला लिगा फुटबलमा बार्सिलोना चाहन्छौं भन्ने प्लेकार्ड पनि देखाएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि शुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन

मधेस प्रदेश । मधेस प्रदेशले जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ

काठमाडौं । युरोकप छनोटमा इटालीले जित हात पारेको छ । आइतबार राति माल्टालाई २-० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६